कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं ४ अन्तर्गत बाग्लुङ्ग जिल्लाको बाग्लुङ्ग नगरपालिका वडा नं ०३ स्थित हल्लनचोकमा यही मंसिर ३० गते आफ्नो १०८ आंै शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ ।
बाग्लुङ्ग नगरपालिकाका मेयर जनकराज पौडेल तथा बैंकका संचालक चतुराखर अधिकारीले संयुतm रूपमा शाखाको उद्घाटन गर्नुभएको थियो । कारोबार शुभारम्भ समारोहमा बाग्लुङ्ग उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारी ,समाजसेवी बलावती शर्मा ,गण्डकी प्रदेश प्रमुख टुबराज बास्तोला, कर्मचारी लगायत स्थानीयवासीहरुको उपस्थिति रहेको थियो । यस बैंकले व्यवसाय विस्तारको क्रममा नवीनतम् प्रोडक्टहरू तथा वृहत शाखा सञ्जालमार्फत आफ्ना ग्राहकहरूलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरू उपलब्ध गराउँदै जाने समेत जानकारी दिइएको छ ।
काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १०८ वटा शाखा तथा ५७ वटा एटिएममार्फत ग्राहकहरूलाई आफनो सेवा प्रदान गर्दै आएको छ ।