२०१९ मा शाहरुख खानले एउटै फिल्म पाएनन्

बलिउड किङ शाहरुख खान कैयौ निर्देशकसँग काम गर्ने चर्चा चलिरहेको छ । तर उनले हालसम्म पनि आफ्नो नयाँ फिल्मको आधिकारिक घोषणा गरेका छैनन् ।

उनले तामिल सिनेमाका सुपरस्टार निर्देशक एटलीसँग काम गर्न सक्ने चर्चा पनि चलिरहेको छ । एटलीको फिल्म बिजिलले केबल ५ दिनमा बक्स अफिसमा २०० करोड भारु भन्दा पनि बढीको कमाई गरेको थियो । यसका अतिरिक्त उनको पछिल्लो फिल्मले पनि व्यापक कारोबार गरेको थियो ।



फ्यानहरुले साउथ तथा बलिउडको यो मिलन शाहरुखका लागि राम्रो साबित हुन सक्छ र शाहरखले यो फिल्मको माध्यमबाट आफ्नो शानदार कमब्याक गर्न सक्ने अपेक्षा गरेका छन् । रिपोर्टका अनुसार शाहरुख यो फिल्ममा रिसाएको व्यक्तिको भूमिका निभाउन सक्नेछन् ।

यद्यपि यो विषयलाई लिएर कुनै आधिकारिक पुष्टि भने भइसकेको छैन । शाहरुखले यो भन्दा पहिले २०१८ को डिसेम्बरमा रिलिज भएको जीरोमा काम गरेका थिए । तर, जबरदस्त स्टार कास्टका बावजुद फिल्म बक्स अफिसमा सफल हुन भने सकेन । तर उनले वर्ष २०१९ मा भने कुनै फिल्म पाएका छैनन् ।

सम्बन्धित समाचार