‘चालबाज’ मा केकीको सट्टा वर्षा

नायिका वर्षा शिवाकोटी फिल्म ‘चालबाज’ मा अनुबन्ध भएकी छिन् । पहिले यो फिल्ममा केकी अधिकारीले अभिनय गर्ने भनिएको थियो ।

केकी यतिबेला फिल्म ‘झिंगे दाउ’ को छायांकनमा व्यस्त छिन् । व्यस्तताका कारण उनले यो फिल्ममा काम नगर्ने भएकी हुन् ।



वर्षा शिवाकोटीले फिल्मको कथा मन परेकाले अभिनय गर्न राजी भएको प्रतिक्रिया दिएकी छिन् ।

पुष्प खड्काको समेत शीर्ष भूमिका रहने यो फिल्ममा कैलाश गुरुङको निर्देशन रहनेछ ।

सम्बन्धित समाचार