बरुण-श्रद्धाको स्ट्रिट डान्सरको ट्रेलर सार्वजनिक (भिडियो सहित)

बलिवुडमा अहिलेका अत्यन्त सफल अभिनेता बरुण धवनको नयाँ फिल्म स्ट्रिट डान्सरको ट्रेलर सार्वजनिक भएको छ ।

थ्रीडीमा बनाइएको यो फिल्मको ट्रेलर अत्यन्त उत्कृष्ट रहेको छ । डान्समा आधारित फिल्ममा बरुण धवन र श्रद्धा कपुरलाई एक अर्काको विरोधीको रुपमा देखाइएको छ । फिल्ममा दुवैको द्वन्द देखाइएको छ भने भारत र पाकिस्तानको डान्स प्रतिष्पर्धालाई फिल्ममा मसलाको रुपमा प्रयोग गरिएको ट्रेलरबाट बुझ्न सकिन्छ ।



फिल्ममा बरुण र श्रद्धाका अलावा नोरा फतेही, प्रभु देवाको समेत अभिनय रहेको छ । आगामी जनवरी २४ मा रिलिज हुने यो फिल्मलाई रिमो डिसुजाले निर्देशन गरेका हुन् । डिसुजाले यस अघि डान्समै आधारित भएर एबीसीडी र एबीसीडी-२ बनाएका थिए ।

सम्बन्धित समाचार