इण्डियन प्रिमियर लिग (आइपिएल) को आउँदो सिजनका लागि खेलाडीको अक्सन आज हुँदै छ । अहिलेसम्म १२ सिजन सम्पन्न भएको आइपिएलमा अहिलेसम्म खेलाडीलाई पैसाको बरसात भएको छ । यस रिपोर्टमा अहिलेसम्मका अक्सनमा महँगोमा बोली लागेका खेलाडीको बारेमा चर्चा गर्न खोजिएको छ ।
२००८ बाट शुरु भएको आइपिएलको पहिलो सिजनको महँगो खेलाडी चेन्नई सुपरकिंग्सका कप्तान महेन्द्र सिंह धोनी बनेका थिए । धोनीलाई चेन्नई सुपरकिंग्सले ६ करोड भारतीय रुपियाँमा किनेको थियो ।
त्यस्तै सन् २००९ को आइपिएल अक्सनमा रोयल च्यालेंजर्स बैंगलोर र चेन्नई सुपर किंग्सले ७ करोड ३५ लाखमा केविन पिटरसन र एन्ड्रयु फ्लिनटफलाई किनेको थियो ।
त्यस्तै सन् २०१० को आइपिएल अक्सनमा वेस्टइन्डिजका अलराउन्डर केरन पोलार्डलाई मुम्बई इण्डियन्सले ३ करोड ४२ लाखमा किनेको थियो । त्यस्तै २०११ को आइपिएल अक्सनमा यस अघिका सबै रेकर्ड तोडिएका थिए । २०११ मा कोलकोता नाइटराइडर्सले गौतम गम्भीरलाई ११ करोड ४ लाखमा किनेको थियो । कोलकोताले गम्भीरलाई पछि कप्तान बनायो र उनले दुई पटक कोलकोतालाई उपाधि जिताए ।
त्यस्तै २०१२ मा रविन्द्र जडेजा महँगोमा बिक्ने खेलाडी बने । जडेजालाई चेन्नई सुपरकिंग्सले ९ करोड ७२ लाखमा किनेको थियो । त्यस्तै २०१३ को आइपिएलको अक्सनमा महँगो खेलाडी बने अस्ट्रेलियाका ग्लेन म्याक्सवेल बने । म्याक्सवेललाई किंग्स इलेवेन पंजावले ५ करोड ३० लाखमा किनेको थियो ।
त्यस्तै २०१४ मा यस अघिको रेकर्ड तोड्दै युवराज सिंहलाई रोयल च्यालेंजर्स बैंगलोरले १४ करोडमा किनेको थियो । त्यस्तै २०१५ मा पनि महँगोमा बिक्ने खेलाडी बने युवराज सिंह । युवराज सिंहलाई दिल्ली डेयरडेभिल्सले १६ करोड मा किनेको थियो ।
२०१६ को अक्सनमा अस्ट्रेलियाका अलराउण्डर शेन वाटसन महँगो खेलाडी बने । रोयल च्यालेंजर्स बैंगलोरले वाटसनलाई ९ करोड ५० लाखमा किनेको थियो ।
त्यस्तै २०१७ को आइपिएल अक्सनमा इङल्याण्डका अलराउण्डर बेन स्टोक्स महँगो खेलाडी बनेका थिए । स्टोक्सलाई पुने सुपरजाइन्ट्सले १४ करोड ५० लाखमा किनेको थियो ।
बेन स्टोक्स २०१८ को अक्सनमा समेत महँगो खेलाडी बने । उनलाई राजस्थान रोयल्सले १२ करोड ५० लाखमा किनेको थियो । त्यस्तै २०१९ आइपिएलको अक्सनमा भारतका तिब्र गतिका बलर जयदेव उनादकट महँगो खेलाडी बने । उनादकटलाई राजस्थान रोयल्सले ८ करोड ४० लाखमा किनेको थियो ।
अब २०२० को आइपिएलका लागि आज अपराह्न २स्४५ मा हुने अक्सनमा १२ देशका ३३२ खेलाडीको अक्सन हुने छ, जसमा ७३ खेलाडी छनौट हुने छन् ।