भारतको नागरिकता कानूनबारे बोल्दै गर्दा इतिहासकार रामचन्द्र गुहा पक्राउ

भारत सरकारले नागरिकता संशोधन कानून पारित गरेपछि भएको प्रदर्शनमा सामेल इतिहासकार रामचन्द्र गुहालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गुहालाई बेङलुरुबाट पक्राउ गरिएको हो ।

टेलिभिजनसँग नागरिकता कानूनबारे बोल्दै गर्दा गुहालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । ६१ वर्षीय गुहाले नागरिकता संशोधन कानून संविधान विरोधी भएको प्रतिक्रिया दिइरहेका थिए ।



भारतका विभिन्न शहरमा आज नागरिकता संशोधन कानून खारेजीको मागसहित प्रदर्शन भइरहेको छ । भारत सरकारले प्रदर्शन रोक्न केही शहरहरुमा टेलिफोन अवरुद्ध गरिदिएको छ । तर, प्रदर्शन रोकिएको छैन ।

भारत सरकारले अफगानिस्तान, पाकिस्तान र बांग्लादेशका गैरकानूनी गैरमुस्लिम आप्रवासीलाई नागरिकता दिने कानून पारित गरेको छ । तर, मुस्लिमलाई नागरिकता नदिने कानूनी व्यवस्थाको विरोधमा भारत सरकारको कडा आलोचना भइरहेको छ । एजेन्सी

सम्बन्धित समाचार