मुक्तिनाथ विकास बैंकले पायो नयाँ सञ्चालक समिति

मुक्तिनाथ विकास बैंक लि.कोे तेहौं वार्षिक साधारण सभाले आगामी चार वर्षको लागि नयाँ सञ्चालक समितिको चयन गरेको छ । साधारणसभाले संस्थापक सेयरधनीका तर्फबाट श्री भरतराज ढकाल, श्री गजेन्द्रमान श्रेष्ठ र श्री रवीन्द्रमान श्रेष्ठ तथा सर्वसाधारण सेयरधनीका तर्फबाट श्रीमती निर्मला कुमारी केसी (कार्की) र श्री शालिग्राम मिश्रलाई सर्वसम्मत चयन गरेको बैंकबाट प्रकाशित विज्ञप्तिमा जनतइएको छ ।
विज्ञप्तिमा भनिएको छ– बैंकले विभिन्न क्षेत्रमा लामो अनुभव भएका प्रतिष्ठित व्यक्तिहरुलाई सञ्चालकको रूपमा पाएको छ । नवगठित सञ्चालकहरुको पहिलो बैठकले यस बैंकको स्थापनाकालदेखि १२ वर्षसम्म प्रमुख कार्यकारी अधिकृत रहनु भएका श्री भरतराज ढकाललाई सर्वसम्मत अध्यक्षको रूपमा चयन गरेको छ ।

समितिका अध्यक्ष भरतराज ढकालले नेपाल राष्ट्र बैंकमा आयोजित एक समारोहमा डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेका थिए भने अन्य नवनिर्वाचित सञ्चालकहरूलाई समितिका अध्यक्ष भरतराज ढकालले सपथ ग्रहण गराएका थिए ।



मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखाहरू मार्फत् ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरू प्रदान गर्दै आई रहेको छ । साथै, प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्युआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्ग लगायतका सेवाहरू पनि प्रदान गर्दै आएको छ ।

सम्बन्धित समाचार