फिल्म ‘आमा’ को मन छुने ट्रेलर

यस वर्षको प्रतिक्षीत फिल्ममध्ये एक ‘आमा’ को ट्रेलर इन्टरनेट रिलिज भएको छ । बिहीबार राजधानीमा एक कार्यक्रमका बीच पत्रकारलाई साक्षी राखेर निर्माण टिमले ट्रेलर सार्वजनिक गरेको हो । फिल्ममा आमाको भूमिकामा मिथिला शर्मा र छोरीको भूमिकामा सुरक्षा पन्त रहेकी छन् ।

आउँदो फागुन ९ गतेबाट प्रदर्शनमा आउने यो फिल्म अस्पतालको शैयामा जीवन र मृत्युको दोसाँधमा छट्पटिरहेका पितालाई बचाउन एक छोरीले गर्ने त्याग, समर्पण र संघर्षलाई ट्रेलरमा देखाउन खोजिएको छ । ट्रेलरमा इमोसनलाई देखाउन खोजिएको छ । अभिनेत्री सुरक्षाले पिताको दाहसंस्कार गर्न कपाल खौरिएको दृश्यले दर्शकलाई भावुक बनाउछ ।



दीपेन्द्र के। खनालको निर्देशनमा बनेको यो फिल्मका लेखन तथा छायाँकार समेत उनै हुन् । फिल्मकी निर्मात्री शर्मिला पाण्डे हुन् भने फिल्ममा सुरक्षा र मिथिलाका अलावा फिल्ममा देशभक्त खनाल, सरिता गिरी, लक्ष्मी भुषाल, टीका पहारीलगायतका कलाकारहरुको पनि अभिनय छ ।

फिल्मको गीत भुपेन्द्र खड्काले लेखेका हुन् । फिल्मको छायांकन काठमाण्डौ र रामेछापमा भएको हो । फिल्मका सह–निर्मातामा सन्तोष अधिकारी छन् । फिल्ममा सुभाष भुषालको संगीत रहेको छ ।

आमाको ट्रेलर :

सम्बन्धित समाचार