निर्मला पन्तको जीवनीमा आधारित फिल्म ‘कोपिला’ को ट्रेलर सार्वजनिक (भिडियो)

कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषयमा आधारित फिल्म ‘कोपिला’ को ट्रेलर सार्वजनिक भएको छ । फिल्मको ट्रेलर युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

ट्रेलरमा निर्मलाको हत्यापछि परिवारमा आएको विचलन र उठेको मुद्दालाई देखाउने प्रयत्न गरिएको छ ।



शिवम् अधिकारीको निर्देशनमा बनेको यो फिल्मलाई मनिराज गौतमले निर्माण गरेका हुन् । फिल्मको ट्रेलरमा डोटेली लबज पाइन्छ ।

फिल्ममा सरिता गिरी, गणेश गिरी, रिद्धि चरण श्रेष्ठ, विमल पौडेल, अस्मिता जुरेली, प्रकृति खरेल लगायतका कलाकारले अभिनय गरेका छन् ।

रामेश्वर कार्कीको छायांकनमा तयार भएको फिल्ममा बन्डे प्रसादले सम्पादन देख्न सकिन्छ । निर्देशक अधिकारीले नै छायांकन गरेको यो फिल्मको रिलिज मिति अझै रिलिज गरिएको छैन ।

https://youtu.be/UZgl3cMU3RA

सम्बन्धित समाचार