प्रताप दासले ल्याए ‘सपनीमा’ (भिडियो)

गायक प्रताप दासको आवाजमा सजिएको ‘सपनीमा’ बोलको गीत सार्वजनिक भएको छ । यो गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा रविमान सिंह बस्नेतका शब्द छन् भने टीका बम्जनको संगीत सुन्न सकिन्छ । यस्तै गीतको भिडियोमा एलिसा शर्मा, सुनील भट्ट र दीपक पहेलीको अभिनय देख्न सकिन्छ ।



भिडियोको सम्पादन नविन निरौलाले गरेका हुन् भने सियोन श्रेष्ठको निर्देशन देख्न सकिन्छ ।

सम्बन्धित समाचार