भारतमा आन्दोलन भैरहँदा पनि दबंग-३ को शानदार कमाई

बलिवुडका सुपरस्टार अभिनेता सलमान खानको फिल्म दबंग(३ ले रिलिजको दोस्रो दिन बक्स अफिसमा शानदार कमाई गरेको छ । रिलिजको पहिलो दिन २४ करोड ५० लाख कमाई गरेको दबंग(३ ले दोस्रो दिन २४ करोड ७५ लाख कमाई गरेको छ ।

भारतमा अहिले भइरहेको नागरिकता विधेयकविरुद्धको प्रदर्शनले पनि फिल्मको कमाईमा असर पुगेको बताइएको छ । फिल्म विश्लेषक तरण आदर्शका अनुसार नागरिकता कानुनको विरोधमा भएको प्रदर्शनले फिल्मलाई पहिलो दिन ७ करोड र दोस्रो दिन ९ करोडको हाराहारीमा घाटा भएको बताएका छन् । देशभर रहेको प्रतिकुल परिस्थितिका बाबजुत फिल्मले शानदार कमाई गरेको आदर्शले बताएका छन् ।



सलमानको यस अघि २०१० मा रिलिज दबंगले पहिलो दिन १४ करोड ५० लाख कमाई गरेको थियो भने २०१२ मा रिलिज भएको दबंग(२ ले रिलिजको पहिलो दिन २१ करोड १० लाख कमाई गरेको थियो । सलमानको यसै बर्ष रिलिज फिल्म भारतले पहिलो दिन ४२ करोड ३० लाख कमाई गर्दै अहिलेसम्म पहिलो दिन धेरै कमाई बन्ने फिल्म बनेको थियो । त्यस्तै २०१५ मा रिलिज भएको प्रेम रतन धन पायोले पहिलो दिन ४० करोड ३५ लाख कमाई गरेको थियो ।

त्यस्तै २०१६ मा रिलिज भएको फिल्म सुल्तानले पहिलो दिन ३६ करोड ५४ लाख कमाई गरेको थियो भने २०१७ मा रिलिज भएको टाइगर जिन्दा हैले रिलिजको पहिलो दिन ३४ करोड १० लाख कमाई गरेको थियो ।

प्रभुदेवाद्वारा निर्देशित दबंग(३ सलमान खान फिल्म्सको ब्यानरमा बनेको छ । यो फिल्ममा सलमान खानको साथमा सोनाक्षी सिन्हा, किच्चा सुदीप र साई मान्जरेकर जस्ता कलाकार मुख्य भूमिकामा रहेका छन् ।

यो फिल्म हिन्दीसहित अन्य तीन भाषामा रिलिज भएको छ ।

सम्बन्धित समाचार