‘छेक्यो छेक्यो देउराली डाँडा’का गीतकार शुक गुरुङको निधन

चर्चित गीतकार शुक गुरुङको निधन भएको छ। चर्चित गीत ‘छेक्यो छेक्यो’ का सर्जक गुरुङको अचानक निधन भएको हो । उनको आइतबार बिहान पोखराको चरक अस्पतालमा निधन भएको हो ।

२०२२ सालमा चितवनमा जन्मिएका उनी लामो समयदेखि मृगौलाको रोगबाट पीडित थिए । उनका ‘छेक्यो छेक्यो’, ‘आँखैमा झलझली हितैको तरी’,‘भाइटीकामा भेट्न आउँला’ जस्ता चर्चित गीत छन् ।



सम्बन्धित समाचार