फिल्म पंगामा कबड्डी खेलाडी बनिन् कंगना, यस्तो छ ट्रेलर

बलिवुड अभिनेत्री कंगना रनावतको नयाँ फिल्म ‘पंगा’ ट्रेलर सार्वजनिक भएको छ । कबड्डी खेलाडीको भूमिका निभाएकी कंगनाको फिल्ममा दमदार भूमिका रहेको ट्रेलरबाट बुझ्न सकिन्छ ।

फिल्ममा कबड्डी खेलाडी बनेकी कंगनाले खेलमा कम्ब्याक गरेको र उनलाई उनको परिवारले साथ दिएको ट्रेलर बनाइएको छ ।



यस फिल्ममा कंगनाका अलावा जस्सी गील, ऋचा चडडा, पंकज त्रिपाठी र निना गुप्ताको मुख्य भूमिका रहेको छ ।

फक्स स्टुडियोले निर्माण गरेको यस फिल्मलाई बरेली कि बर्फी फेम निर्देशक आश्विनी अय्यर तिवारीले निर्देशन गरेकी छन् ।

फिल्म २०२० जनवरी २४ मा रिलिज हुदै छ । फिल्म पंगा बरुण धवन र श्रद्धा कपुरको फिल्म स्ट्रिट डान्सरसँग एकै दिन रिलिज हुदै छ ।

फिल्मको ट्रेलर :

सम्बन्धित समाचार