सलमानले दबंग-३ बाट १० मिनेटको सिन हटाए

 

बलिवुड सुपरस्टार सलमान खानले गत शुक्रबार रिलिज भएको आफ्नो फिल्म दबंग-३ ले दर्शकलाई पर्याप्त मनोरंजन दिन नसकेको प्रतिक्रिया आएपछि फिल्मबाट करिब १० मिनेटको सिन हटाएका छन् । बलिवुड फिल्म विश्लेषक तरण आदर्शले दबंग-३ बाट ९ मिनेट ४० सेकेन्ड सिन हटाइएको जानकारी दिएका छन् ।



करिब १० मिनेट हटाएपछि शनिबारबाट फिल्म काटेका सिनसहित प्रदर्शन गरिएको बताइएको छ । फिल्मबाट गीतका केही सिन र फिल्मका केहि सिन हटाइएको बताइएको छ ।

भारतमा नागरिकता कानुनको विरोधमा भएका प्रदर्शनका कारण दबंग-३ ले आशा गरे अनुसार कमाई नगरेपनि पहिलो तीन दिनमा यस फिल्मले करिब ८० करोड कमाई गरेको छ ।

फिल्मले आइतबार करिब ३१ करोड ९० लाख कमाई गरेको छ । यस अघि शुक्रबार २४ करोड ५० लाख र शनिबार २४ करोड ७५ लाख गरी कुल ४९ करोड २५ लाख कमाई गरेको थियो । फिल्मले आइतबारको कमाई गरेर अहिलेसम्म कुल ८१ करोड १५ लाख कमाई गरेको छ ।

फिल्मले अब सोमबारदेखि कस्तो कमाई गर्छ भन्ने आधारमा नै फिल्मको आगामी कमाईको बारेमा भन्न सकिने फिल्म विश्लेषक आदर्शले बताएका छन् ।

सम्बन्धित समाचार