पाकिस्तानी अलराउन्डर हफिजलाई इङल्याण्डमा प्रतिबन्ध !

पाकिस्तानी अलराउन्डर मोहमद हफिजलाई इङल्याण्डमा प्रतिबन्ध लागेको छ । खराब बलिङ एक्सनका कारण हफिजमाथि इङल्याण्ड एवं वेल्स क्रिकेट बोर्ड (इसीबी) ले इङल्याण्डमा हुने कुनै पनि प्रतियोगितामा भाग लिनबाट प्रतिबन्ध लगाएको छ ।

हफिज हाल इङल्याण्डमा मिडलसेक्सबाट काउन्टी क्रिकेट खेल्न व्यस्त रहेका छन् । गत अगष्टमा भएको काउन्टी क्रिकेटकै क्रममा उनको बलिङ एक्सनमा प्रश्न उठेपछि छानबिन भएको थियो । समरसेटविरुद्धको खेलमा हफिजको एक्सनमा प्रश्न उठेको थियो । छानबिनपछि इसीबीले हफिजको एक्सन गलत भएको पाएपछि प्रतिबन्ध लगाएको हो ।



हफिजले मिडलसेक्सबाट चार खेल खेल्दै ११५ रन बनाएका थिए भने दुई विकेट समेत लिएका थिए । मिडलसेक्सले हफिजलाई एबी डिभीलियर्सको ठाउँमा टिममा लिएको थियो ।

इसीबीले लगाएको प्रतिबन्ध हफिजले स्वीकार गरेका छन् । इसीबीले हफिजले आफ्नो एक्सनमा सुधार गरेर फेरी टेस्ट पास नगरेसम्म इसीबीका कुनै पनि प्रतियोगिता खेल्न नपाउने बताएको छ ।

सम्बन्धित समाचार