गायक रामकृष्ण ढकाल र निलमले लिए डिभोर्स

चर्चित गायक रामकृष्ण ढकाल र उनकी श्रीमती निलम शाहबीच सम्बन्ध बिच्छेद भएको छ । उनीहरूले बुधबार जिल्ला अदालत काठमाडौंबाट मिलापत्रकै आधारमा सम्बन्ध विच्छेद गरेका हुन् ।

ढकाल दम्पतीले मंगलबार जिल्ला अदालत काठमाडौंमा सम्बन्ध बिच्छेदका लागि मुद्दा दर्ता गराएका थिए । शाहले ढकालबाट कुनै पनि प्रकारको अंश तथा मानाचामल नलिने र छोरी भने आफैले राख्ने गरी सम्बन्ध बिच्छेद गरेकी हुन् ।



जिल्ला अदालतका न्यायाधीश विदुर कोइरालाले मिलापत्रका आधारमा सम्बन्ध बिच्छेद गराएका हुन् ।

सम्बन्धित समाचार