रामकृष्ण ढकाल भन्छन् – हाम्रो सम्बन्ध कहिल्यै मर्दैन

गायक रामकृष्ण ढकालले आफ्नो सम्वन्धविच्छेद भएसँगै सामाजिक संजालमा श्रीमतीसँगको फोटो शेयर गरेर आफ्नो प्रतिक्रिया लेखेका छन् । ढकालले लेखेका छन् – अरुले जेसुकै भनुन्, तर हाम्रो सम्बन्ध कहिल्यै मर्दैन ।

गायक ढकालले सम्बन्ध विच्छेद गरेको खबर बाहिर आउना साथ सामाजिक सञ्जालमा यस बारेमा बहस शुरु भएको छ । कतिपयले लामो समयदेखि उनीहरुको एक सहकारीमा रहेको ऋणका कारण सम्बन्ध बिच्छेद भएको टिप्पणी गरेका छन् भने कैयौ अड्कल बाजीहरु चलिरहेका छन् ।



तर अदालतमा ढकाल पत्नी निलमले दिएको निवेदनमा भने ढकालले समय नदिएपछि विवाद बढ्दै जाँदा उत्कर्षमा पुगेको उल्लेख गर्दै छोरीको भविष्यका लागि विदेश जान नमानेका कारण आफु सम्बन्ध विच्छेदको निर्णयमा पुगेको उल्लेख गरेकी छिन् ।

उनले अदालतमा दायर गरेको निवेदनमा भनेकी छिन्- विवाह भएपछि शुरुका केही समयसम्म हामीहरु बीचको दाम्पत्य सम्बन्ध सुमधुर नै रहेकोमा विपक्षी पति आफ्नो काममा प्राय सधैं नै व्यस्त रहने कारणले घर परिवारलाई उचित समय दिन सक्नुभएको थिएन।हामीहरुलाई केही समय दिनुस, पति तथा पिताको दायित्व पूरा गर्नुस् भनी बारम्बार भन्दा आफ्नो कार्य व्यस्तताले हामीहरुलाई उचित समय दिन सक्नु भएन। यसैकारणले हामीहरुको बीचमा मनमुटाव तथा सामान्य झै झगडा समेत हुन थाल्यो ।ु

गायक ढकाल र शाह बीच २०५९ मंसिर १४ गते विवाह बन्धनमा बाँधिएका थिए । निलमले श्रीमानलाई पटक पटक विदेश जान र उतै बस्न समेत दवाव दिएको तर गायक ढकालले नमानेको कारण आफु अलग भएर बस्न चाहेको उल्लेख रहेको छ ।

मुलुकी देवानी संहिता, २०७४ ले पति तथा पत्नी दुवैले चाहेमा जहिलेसुकै पनि सम्वन्ध विच्छेद गर्न सक्ने व्यवस्था अनुसार दुवैको सम्बन्ध विच्छेद भएको हो ।

सम्बन्धित समाचार