टेस्ट क्रिकेटमा जेम्स एन्डरसनको किर्तिमान

इङल्याण्डका बलर जेम्स एन्डरसनले टेस्ट क्रिकेटमा नयाँ किर्तिमान बनाएका छन् । दक्षिण अफ्रिकाविरुद्धको टेस्टको पहिलो दिनको पहिलो बलमानै विकेट लिएर एन्डरसनले नयाँ किर्तिमान बनाएका हुन् ।

आजदेखि शुरु भएको टेस्टको पहिलो बलमा नै एन्डरसनले दक्षिण अफ्रिकाका डेना एल्गरलाई विकेटकिपर जोस बटलरको हातबाट क्याच गराएका थिए ।



योसँगै पछिल्लो १० बर्षमा टेस्ट क्रिकेटमा पहिलो बलमा विकेट लिने एन्डरसन पाँचौ बलर बनेका छन् ।

यस अघि २०१७ मा श्रीलंकाका सुरंगा लकमलले भारतका केएल राहुललाई पहिलो बलमा आउट गरेका थिए भने लकमलले नै २०१० मा वेस्टइन्डिजका क्रिस गेललाई पहिलो बलमा आउट गरेर किर्तिमान बनाएका थिए ।

त्यस्तै २०१६ मा अस्ट्रेलियाका मिचेल स्टार्कले श्रीलंकाका करुणारत्नेलाई पहिलो बलमा आउट गरेका थिए भने दक्षिण अफ्रिकाका बलर डेल स्टेनले न्युजील्याण्डका एन्ड्रयु स्ट्रासलाई पहिलो बलमा आउट गरेका थिए ।

त्यस्तै यस खेलमा खेल्दै एन्डरसनले १५० टेस्ट खेल्ने नयाँ किर्तिमान समेत बनाएका छन् । उनी इङल्याण्डबाट अहिलेसम्मकै धेरै टेस्ट खेल्ने दोस्रो खेलाडी समेत बनेका छन् । इङल्याण्डबाट अहिलेसम्म एलस्टर कुक १६१ टेस्ट खेलेका छन् । टेस्ट क्रिकेटमा अहिलेसम्म धेरै खेल खेल्ने खेलाडी भने भारतका सचिन तेन्दुलकर हुन् । उनले सबैभन्दा धेरै २ सय टेस्ट खेल्दै किर्तिमान बनाएका छन् ।

सचिनपछि अस्ट्रेलियाका रिक्की पोन्टिङ र स्टिभ वागले १६८-१६८ ब्तेस्त खेलेका छन् भने दक्षिण अफ्रिकाका ज्याक कालिसले १६६ टेस्ट खेलेका छन् । त्यस्तै वेस्टइन्डिजका शिवनारायण चन्द्रपाउल र भारतका राहुल द्रविडले १६४-१६४ टेस्ट खेलेका छन् ।

सम्बन्धित समाचार