डिशहोम सिनेमाघरमा ‘कबड्डी कबड्डी कबड्डी’

यस वर्षको सुपरहिट चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ टेलिभिजनमा पहिलो पटक डिशहोमको सिनेमाघर च्यानलनम्बर १०८ मा पौष ११ गते , शुक्रबारदेखि प्रर्दशन हुने भएको छ । सन् २०१३ मा निर्माण भएको हिट चलचित्र कबड्डीको तेस्रो सिरिज रहेको यस चलचित्रमा ख्यातिप्राप्त कलाकार दयाहाङ राई, कर्मा शाक्य, उपासना सिंह ठकुरी, लगायत दर्जनौँ चर्चित कलाकारहरूले अभिनय गरेका छन् ।

असोज ३, २०७६ गते रिलिज भएको यस चलचित्रले पुराना सिक्वलहरू ‘कबड्डी’ र ‘कबड्डी कबड्डी’ को सर्वाधिक लोकप्रियतासँगै यसपटक पनि नेपाली सिनेमा जगत्मा उत्कृष्ट प्रर्दशनी कायम गर्न सफल रहेको छ । तीनैवटा सिक्वलमा कलाकार दयाहाङ राईले अभिनयमात्रै गरेनन्, चलचित्रलाई नेपाली सिनेमा प्रेमीहरूको मनमस्तिष्कमा समेत गहिरो प्रभाव पार्न सफल भए ।



समयअनुसारको प्रविधिको विकाससँगै विकसित भएको डिशहोमले हलहरूको पहुँच नभएका दर्शकहरुका लागि न्यूनतम शुल्कमा स–परिवार घरैमा बसी चलचित्र हेर्न मिल्ने प्रविधि भित्र्याएको हो । च्यानल नम्बर १०८ मा एसएमएस गरी चलचित्र हेर्न मिल्ने सुविधा डिशहोमले प्रदान गर्दै आएको छ ।

हरेक दिन आठ शो हेर्न पाइने यस सिनेमाघरमा, चलचित्र हेर्नका लागि मोबाइलको म्यासेज बक्समा गएर एमओडी टाइप गरी (एउटा स्पेश दिएर) सेटअप बक्सको क्यास आइडी टाइप गरी आफूले हेर्न चाहेको समय टाइप गरी ३२५०० वा ३२५८० मा एसएमएस पठाएर चलचित्र हेर्न सकिन्छ । स–परिवार यो चलचित्र हेर्नका लागि रु ३ सय २५ रुपैयाँ शुल्क लाग्ने डिशहोमबाट जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सम्बन्धित समाचार