प्रहरीले घाँटी समातेको प्रियंकाको आरोप

भारतीय कंग्रेसकी नेतृ प्रियंका गान्धीले प्रहरीले आफूमाथि हातपात गरेको आरोप लगाएकी छन् । भारतीय कंग्रेसकी महासचिव गान्धीले लखनऊमा महिला पुलिसले आफ्नो घाँटी समातेको तथा हातपात गरेको आरोप लगाएकी हुन् ।

नागरिकता संशोधन कानूनको विरोध गरेका कारण पक्राउ परेका अवकास प्राप्त प्रहरी अधिकारीलाई भेट्न उनको घर जाँदै गर्दा प्रहरीले आफूलाई रोक्ने प्रयास गरेको र सोही क्रममा महिला प्रहरीले आफ्नो घाँटी समातेको तथा हातपात गरेको उनको आरोप छ ।



यसबारे उत्तर प्रदेश प्रहरीले वक्तव्य जारी गरेर प्रियंका गान्धीको आरीप गलत भएको दाबी गरेको छ । प्रहरीले तय गरेको मार्गबाट नगएको र सुरक्षा चुनौतीका कारण बाटोमा रोकेको बाहेक अरु कुनै दुर्व्यवहार नभएको प्रहरीको दाबी छ ।

७६ वर्षका पूर्व प्रहरी अधिकारी एस आर दारापुरीको घर जानका लागि प्रियंका पहिला एक स्कूटरको पछाडि बसेकी थिइन् । त्यसपछि उनी पैदल हिँडेकी थिइन् । नागरिकता संशोधन कानूनको विरोध प्रदर्शनमा सहभागी भएका दारापुरी केही दिनअघि पक्राउ परेर रिहा भएका थिए ।

सम्बन्धित समाचार