अमिताभ बच्चन ‘दादा साहेव फाल्के’ पुरस्कारबाट सम्मानित

हिन्दी फिल्ममा अभिनय गरेर लाखौंको मन जितेका बलिवुड अभिनेता अमिताभ बच्चनलाई भारतीय सिनेमा क्षेत्रको सबैभन्दा ठुलो पुरस्कार ‘दादा साहेव फाल्के’ बाट सम्मानित गरिएको छ ।

भारतीय राष्ट्रपति रामनाथ कोविंदले आइतबार महानायक बच्चनलाई सो पुरस्कारबाट सम्मानित गरेका हुन् । ७७ बर्षिय भेट्रान अभिनेता बच्चन भारतीय सिनेमाको सबैभन्दा लोकप्रिय कलाकार हुन् । यो पुरस्कार उनको जीवनको महत्पूर्ण पुरस्कारहरुमध्ये एक भएको छ ।



पुरस्कार ग्रहण गर्दै आफुलाई रिटायर्ड हुन संकेत गर्दै यो पुरस्कार दिइएको होकी जस्तो लागेको बताउँदै अमिताभले अझै आफुले गर्नुपर्ने केही काम बाँकी रहेको र भाग्यवस आफुले काम गर्न पाइरहेको बताए ।

भारतीय फिल्म उद्योगमा अमिताभले काम गर्न शुरु गरेको ५० बर्ष भैसकेको छ । अमिताभले हालसम्म चार ओटा सर्वश्रेष्ठ अभिनेताको राष्ट्रिय पुरस्कार, तीनओटा नागरिक पुरस्कार, चौधओटा फिल्मफेयर पुरस्कार, छ ओटा आईफा अर्वाड र एउटा एसियन फिल्म पुरस्कार हात पारेका छन् ।

सम्बन्धित समाचार