कामना सेवा विकास बैंकका थप ६ वटा नयाँ शाखा सञ्चालनमा

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा गत हप्ता मात्र प्रदेश नं. ३ अन्तर्गत काठमाडौं जिल्लाको चपली, कुलेश्वर, बालाजु र बौद्घ साथै प्रदेश नं. ५ अन्तर्गत रुपन्देही जिल्लाको कञ्चन गाउँपालिकास्थित गरगरे र सियारी गाउँपालिकाको पडसरीमा गरी कुल ६ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

यस बैंकले व्यवसाय विस्तारको क्रममा नवीनतम प्रोडक्टहरु तथा वृहत् शाखा सञ्जालमार्फत आफ्ना ग्राहकहरूलाई समय सापेक्ष अझै उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरू उपलब्ध गराउँदै जाने समेत विज्ञप्तिमार्फत् जानकारी दिइएको छ ।



यस बैंकले देशका विभिन्न भागहरुमा ११४ वटा शाखा तथा ६० वटा एटिएममार्फत ग्राहकहरूलाई आफनो सेवा प्रदान गर्दै आएको छ ।

सम्बन्धित समाचार