अक्षयकुमारको ‘गुड न्युज’ ले दियो गुड न्युज, बक्स अफिसमा शानदार कमाई जारी

बलिवुडमा शुक्रबार रिलिज भएको मल्टिस्टारर फिल्म गुड न्युजले विकइन्डमा शानदार कमाई गरेको छ ।

गुड न्युजले रिलिजको तेस्रो दिन आइतबार २६ करोड ६५ लाख कमाई गर्दै रिलिजको तीन दिनमा ६५ करोड ९९ लाख कमाई गरेको छ ।



गुड न्युजले पहिलो दिन १७ करोड ५६ लाख कमाई गरेको थियो भने दोस्रो दिन शनिबार २१ करोड ७८ लाख कमाई गरेको थियो ।

यस बर्षको अन्तिम रिलिजको रुपमा रिलिज भएको गुड न्युजमा अभिनेता अक्षय कुमार, करीना कपुर, दिलजित दोसाझ र कवीर खान फेम अभिनेत्री कियारा आडवाणी प्रमुख भूमिकामा रहेका छन् ।

त्यस्तै अभिनेता अक्षयकुमारको क्यारियरमा भने गुड न्युजले बक्स अफिसमा सफलतालाई निरन्तरता दिएको छ । यस बर्ष अक्षयकुमारको रिलिज भएको फिल्म केसरीले विकइन्डमा ७८ करोड ७ लाख कमाई गरेको थियो भने बक्स अफिसमा कुल १५३ करोड कमाई गरेको थियो । त्यस्तै मिशन मंगलले विकइन्डमा ९७ करोड ५६ लाख कमाई गरेको थियो भने बक्स अफिसमा कुल कीर्तिमानी २ सय करोड १६ लाख कमाई गरेको थियो ।

त्यस्तै हाउसफुल-४ ले विकइन्डमा ५३ करोड २२ लाख कमाई गरेको थियो भने बक्स अफिसमा कुल २०६ करोड कमाई गरेको थियो ।

सम्बन्धित समाचार