विश्वमै पहिलोपल्ट ‘जिन एडिट’ गरी बच्चा जन्माउन सफल वैज्ञानिकलाई ३० लाख युआन जरिवानासहित जेल सजाय

जिन सम्पादन ‘जिन एडिट’ गरेर विश्वमै पहिलो पटक बच्चा जन्म गराउन सफल चिनियाँ वैज्ञानिकलाई चीनको अदालतले ३ वर्षको जेल सजाय सुनाएको छ ।

वैज्ञानिक हि जियानकुई जिन सम्पादन गरिएका तीन वटा बच्चा प्राकृतिक रुपमा जन्म गराउन सफल भएका थिए । यस कार्यको विश्वभरबाट आलोचना भएको थियो । विश्वभरका वैज्ञानिकले यस कार्य प्राकृतिक नियमभन्दा फरक भएको भन्दै विरोध गरेका थिए ।



वैज्ञानिक हि जियानकुईले जिन एडिट गरिएका ती बच्चाहरुलाई कहिल्यै एचआइभी एड्स नलाग्ने दाबी गरेका थिए । सिन्ह्वा समाचार संस्थाका अनुसार उनलाई तीन वर्षको जेल सजाय साथै ३० लाख युआन जरिवान गरिएको छ ।

उनका सहयोगी झाङ रेनिललाई दुई वर्षको जेल सजाय र १० लाख युआन जरिवाना तोकिएको छ भने किन जिनझाओलाई १८ महिना जेल सजाय र ५ लाख युआन जरिवाना तोकिएको छ । सिन्ह्वाका अनुसार अदालतले भनेको छ,‘यी तीन वैज्ञानिकले पैसा र प्रतिष्ठाका लागि विज्ञानको नियम र मर्यादा तोडे ।’ एजेन्सी

सम्बन्धित समाचार