शिक्षक हत्या अभियोगमा २९ जनालाई मृत्युदण्ड

सुडानमा एक शिक्षकलाई दिएर हत्या गरेको अभियोगमा २९ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ । सुडानको एक अदालतले शिक्षकलाई यातना दिने तथा उनको हत्यामा संलग्न भएको अभियोगमा गुप्तचर निकायका २९ अधिकारीलाई मृत्युदण्डको सजाय सुनाएको हो ।

३६ वर्षका शिक्षक अहमद अल–खैरको गएको फेब्रुअरीमा बन्धक बनाएर हत्या गरिएको थियो। तत्कालीन राष्ट्रपति ओमार अल–बाशिरको सरकारविरुद्ध भएको प्रदर्शनमा सहभागी भएको अभियोगमा उनलाई पक्राउ गरिएको थियो । अल–बाशिरले गएको अप्रिलमा सत्ता छोडेका थिए । लगातारको प्रदर्शनपछि प्रजातन्त्रवादी प्रदर्शनले अल–बाशिरलाई सत्ताबाट बाहिर गरेपछिको यो पहिलो कारवाही हो ।



अभियुक्त तर्फका वकिलले भने फैसलाविरुद्ध अपिल गर्ने बताएका छन् । अल–खैरलाई सुडानको पूर्वी राज्य कासालामा रहेको डिटेन्सन सेन्टरमा कुटपिट र यातना दिएर हत्या भएको पाइएको अदालतले बताएको छ ।

सम्बन्धित समाचार