दि एक्स ब्याण्डको ‘तिमी नै भन’ टुबोर्ग ओपन सेसन्स-२ मा सार्वजनिक

निकै लोकप्रिय ब्याण्ड् ‘दि एक्स् ब्याण्ड्’ को ‘तिमी नै भन’ टुबोर्ग ओपन सेसन्स् सिजन २ मा सार्वजनिक भएको छ । च्यानल आरबिट्ररीद्वारा २०१८ मा शुरु गरिएको टुबोर्ग ओपन सेसन्स् एक युट्युब श्रृंखला हो र पछिल्लो सिजनको व्यापक सफलतापछि केहि प्रख्यात कलाकारहरुको बेजोड प्रस्तुतिको साथमा टुबोर्ग ओपन सेसन्स्को सिजन २ शुरु भएको छ ।

दि एक्स् ब्याण्ड्ले आफ्नो एल्बम् ‘भडास’ बाट ‘तिमी नै भन’ टुबोर्ग ओपन सेसन्स् २ को मञ्चमा प्रस्तुत गरेका छन् । ब्याण्डमा भोकल्स् र बेस गितारमा शिव मुखिया, ड्रम्स्मा सुरेन्द्र श्रेष्ठ तथा गितारमा सजल राजभण्डारी रहेका छन् ।



अल्टरनेटिभ फन्क् रक ब्याण्ड दि एक्स् विगत २५ वर्ष देखि नेपाली संगीत क्षेत्रमा सक्रिय भई निरन्तरता दिदैं आईरहेको छ । सन् १९९३ मा स्थापना भएको उक्त ब्याण्ड आफ्ना विभिन्न हिट गीतहरुबाट लोकप्रिय रहेको छ ।

टुबोर्ग ओपन सेसन्सको सिजन २ मा विभिन्न प्रतिष्ठित कलाकारहरुले आफ्नो लोकप्रिय गीतहरु मौलिक भन्दा भिन्न शैलीमा प्रस्तुत गरेका छन् । पहिलो सिजनमा ‘च्यानल आरबिट्ररी’ मार्फत युट्युबमा अपलोड गरिएको ५१ वटा बेजोड प्रस्तुतीहरुले १० मिलियन भन्दा बढी भ्युज संकलन गर्न सफल भएको थियो ।

सम्बन्धित समाचार