अमेरिका रहेका अभिनेता राजबल्लभ कोइराला बाबु बन्दै

नेपाली चलचित्र क्षेत्रलाई चटक्कै छाडेर अमेरिका उडेनका अभिनेता राजबल्लभ कोइराला बाबु बन्ने भएका छन् ।

उनले आइतबार सामाजिक सञ्जालमा श्रीमतीको बेबी बम्पसहितको केही तस्विर सार्वजनिक गर्दै आफू पिता बन्न लागेको जानकारी दिएका हुन् । उनले तस्बिरका साथ लेखका छन् ‘बढ्दै गरेको परिवारलाई लिएर उत्साहित छु । कृपया हाम्री सानी राजकुमारीका लागि प्रेम र आर्शिवाद पठाउनु होला ।’



राजबल्लभले २ वर्ष अगाडि प्रतिमा विमलीसँग लगनगाँठो कसेका थिए । केही बर्ष अगाडि फिल्म ‘हाइवे टु धुम्पुसु कामका लागि भन्दै अमेरिका पुगेका उनी अहिले पनि उतै छन् । उनी अभिनित पछिल्लो नेपाली फिल्म ‘६ एकान ६’ हो ।

सम्बन्धित समाचार