राजकुमार हिरानीको फिल्ममा शाहरुख खान

बलिउड अभिनेता शाहरुख खानलाई फ्यानले लामो समयदेखि ठूलो पर्दामा कुरिरहेका थिए । सन् २०१८ मा फिल्म ‘जिरो’ फ्लप भएपछि उनी ठूलो पर्दामा देखिएका छैनन् ।

त्यसो त शाहरुखले फिल्ममा काम गर्ने फाइनल भइसकेको समाचार बारम्बार आउने गर्छन् । तर, उनी ठूलो पर्दामा आउने सुरसारमा छैनन् ।



यतिबेला फेरि खबर छाएको छ कि, उनले एक फिल्ममा काम गर्ने भएका छन् । राजकुमार हिरानीको अघिल्लो फिल्ममा उनी देखिने भएका हुन् ।

भारतीय मिडियाका अनुसार यो प्रोजेक्टमा काम गर्ने विषयमा हिरानी र शाहरुखबीच हालै छलफल भएको थियो । मिडियाका अनुसार यो फिल्ममा काम गर्न शाहरुख राजी भएका छन् ।

यो प्रोजेक्टलाई ठूलो प्रोजेक्टका रुपमा हेरिएको छ । यसको सेट सन् २०२० को अप्रैलसम्म तयार हुनेछ । निर्माताले २०२१ मा फिल्म रिलिज गर्न मिति खोजिरहेका छन् ।

यद्यपि प्रोजेक्टका विषयमा अन्य जानकारी भने दिइएको छैन । फिल्ममा अन्य कलाकार को को हुनेछन् र नाम के हुनेछ भन्ने समेत खुलासा गरिएको छैन ।

शाहरुख खानले लामो समयपछि बल्ल फिल्म साइन गरेका छन् । पछिल्लो समय उनी फिल्ममा अभिनय गर्न इन्कार गरिरहेका थिए, किनकि उनका फिल्म बक्स अफिसमा असफल भएका थिए ।

सम्बन्धित समाचार