सुर्यवंशीमा डाक्टर बनिन् कट्रिना !

बलिवुड अभिनेत्री कट्रिना कैफ एक पटक फेरी अक्षयकुमारसँग काम गरिरहेकी छन् । चर्चित निर्देशक रोहित शेट्टीको फिल्म सुर्यवंशीमा कट्रिना अक्षयकुमारसँग लामो समयपछि सँगै काम गर्न लागेकी हुन् ।

फिल्ममा कट्रिनाको भूमिकाका विषयमा अहिले आएर खुलासा भएको छ । प्रहरीमा आधारित फिल्म बनाउन चर्चित निर्देशक रोहितले एक टेलिभिजन शो मार्फत फिल्ममा कट्रिनाको भूमिकाको खुलासा गरेका हुन् ।



फिल्ममा कट्रिनाले एक डाक्टरको भूमिका निभाएको रोहितले बताएका छन् ।

रोहितले प्रहरीमा आधारित बनाएको यो चौथो फिल्म हो । यस अघि संघम, संघम-२ र सिम्बा बनाएका रोहितका यी फिल्म बक्स अफिसमा सुपरहिट भएका थिए ।

फिल्ममा अक्षयकुमार प्रहरीको भूमिकामा रहेका छन् भने उनलाई जबर्जस्त एक्सन भूमिकामा देख्न सकिन्छ । साथै फिल्ममा अक्षयले कट्रिनासँग रोमान्स समेत गर्ने छन् ।

कट्रिना र अक्षय पछिल्लो पटक तिस मार खानमा सँगै देखिएका थिए जुन फिल्म बक्स अफिसमा फ्लप भएको थियो । त्यसत अघि दे दनादन, सिंह इज किंग, वेलकम, हमको दिवाना कर गए जस्ता सुपरहिट फिल्ममा सँगै काम गरेका थिए ।

सम्बन्धित समाचार