शाहरुख खानका फ्यानले दिए आत्महत्या गर्ने धम्की

शाहरुख खान विगत १ वर्षदेखि कुनै फिल्ममा आएका छैनन् । फिल्मबाट यति लामो ब्रेकका कारण शाहरुखका फ्यानको धैर्यको बाँध टुटेको छ । उनीहरु छिटै आफ्ना मन पर्ने स्टारलाई पर्दामा देख्न आतुर छन् । शाहरुखले यस वर्ष कैयौं प्रोजेक्ट साइन गर्ने संकेत दिए तर साइन भने गरेनन् । यस्तोमा फ्यानहरुले ट्वीटरमा एउटा ह्याशट्याग भाइरल बनाएका छन् ।

यो ह्याशट्यागको नाम विवान्टएनाउन्समेन्टएसआरके हो । यसको माध्यमबाट फ्यानहरु शाहरुखलाई फिल्ममा फर्किन सल्लाह दिइरहेका छन् । कोही उनलाई आग्रह गरिरहेका छन् भने कोहीले त उनलाई धम्की नै दिएका छन् । ट्वीटरमा एक युजरले लेखेका छन् ‘यदि तपाइँले १ जनवरीसम्म कुनै फिल्मको घोषणा गर्नुभएन भने म आत्महत्या गर्नेछु । म फेरि भन्दैछु म आत्महत्या गर्नेछु ।’



सम्बन्धित समाचार