दुर्गेश थापाले रमेश प्रसाईको साथमा ल्याए -उठ वीर गोर्खाली कि त वार कि त पार (भिडियो सहित)

चर्चित गायक तथा मोडल दुर्गेश थापाले उठ बिर गोर्खाली कित वार कित पार सार्वजनिक गरेका छन । दुर्गेशले आफ्नै युटुब च्यानल मार्फत “वीर गोर्खाली” नामक फरक शैलीको गीत सार्वजनिक गरेका हुन् । गीतमा नेपाली वीरताको गाथाको चर्चा गर्नुको साथै कालापानी लिपुलेक नेपाली भुमि भएको बताईएको छ । भारतले नेपाली भुमि आफ्नो नक्सामा पारेर नक्सा सार्वजनिक गरे पछी भारतीय सिमा अतिक्रमणको विरोध गर्दै नेपालमा आवाजहरु उठिरहेका छन । उनलाई रमेश प्रसाईले समेत साथ दिएका छन ।

तीजको समयमा ‘बिच्च बिच्चमा’ बोलको गीत सार्वजनिक गरेर चर्चामा आएका उनी दशैँमा दीपक–दीपाको चलचित्रको लागि प्रोमोशन गीत गाएर चर्चामा आए । चलचित्र ‘छ माया छपक्कै’ को प्रोमोशनल गीत गाएका दुर्गेसको दशैँकै समयमा एउटा तिहार गीत सार्वजनिक भयो । दुर्गेसले ‘ह्याप्पी तिहार’ बोलको गीत क्लबमा सुटिङ गरेका र वियरको प्रचारप्रसार गरेका आरोप लगाईएको थियो । यसरी तिहारमा वियर खाउँ भन्ने सन्देश दिएको भन्दै दुर्गेश विवादमा परेका थिए । अहिले भने उनले अलि देशभक्ति बोकेको गीत सार्वजनिक गरेका छन् ।



भिडीयो

सम्बन्धित समाचार