हार्दिक पाण्डेयले सर्बियन अभिनेत्री नताशासँग गरे इन्गेजमेन्ट

भारतीय क्रिकेटर हार्दिक पाण्डेयले सर्बियन अभिनेत्री तथा मोडल नताशा स्टेनकोविकसँग इन्गेजमेन्ट गरेका छन् । हार्दिकले सामाजिक संजालमा नताशालाई औठी लगाइदिएको भिडियो पोस्ट गर्दै यसको जानकारी दिएका छन् ।

केहि समय देखि दुवैको अफ्येर्सको चर्चा भइरहेको बेला हार्दिकले नताशालाई जीवनसाथी बनाएका हुन् । भारतीय क्रिकेटका अलराउन्डर हार्दिक केहिसमयदेखि इन्जुरीका कारण मैदान बाहिर रहेका थिए । अहिले इन्जुरी पछि भारतीय ए टिममा छनौट भएका हार्दिक यस अघि अन्य अभिनेत्री तथा मोडलसँगको अफ्येर्सका कारण चर्चामा रहिरहेका थिए ।



यस अघि हार्दिकको नाम उर्वसी राउटेलासँग निकै जोडिएको थियो । दुवैलाई कैयौ पटक रेस्टुरेन्ट बाहिर समेत देखिएको थियो । मिडिया रिपोर्ट अनुसार दुवैको ब्रेकअप पछि हार्दिकले केहि समय अभिनेत्री अमयार दस्तुरसँग डेट गरेका थिए । इमरान हासमीसँग फिल्म मिस्टर एक्समा काम गरेकी अमायारा र हार्दिकको सम्बन्ध खुलेर बाहिर नआएपनि दुवैले करिब एक बर्ष डेट गरेको बताइएको छ । नताशाले रियालिटी डान्स सो नाच बलिया, बिग बोसजस्ता शो मा काम गरेकी छन् ।

सम्बन्धित समाचार