क्रिस्टियानो रोनाल्डोले सन् २०२० मा केहि किर्तिमान तोड्न सक्ने देखिएको छ । रोनाल्डोले २०२० शुरु भएसँगै अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोलको किर्तिमान र च्याम्पियन्स लिगमा सर्वाधिक ह्याट्रिकको किर्तिमान रोनाल्डोले यस बर्ष तोड्न सक्ने देखिएको छ ।
पछिल्लो दश बर्ष अर्जेन्टिनी स्टार लियोनेल मेसीसँगै विश्व फुटबलमा राज गरेका रोनाल्डो यी दुई किर्तिमानको नजिक रहेका छन् र यस बर्ष यी किर्तिमान तोडिन सक्ने देखिएका हुन् ।
हाल युभेन्टसलाई तेस्रो पटक च्याम्पियन्स लिग जिताउने लक्ष्य बोकेका रोनाल्डोले पोर्चुगलका लागि पनि यस बर्ष नयाँ किर्तिमान बनाउने अवसर रहेको छ ।
रोनाल्डोले अहिलेसम्म पाँच च्याम्पियन्स लिग जितेका छन् । रोनाल्डोले यस सिजनको च्याम्पियन्स लिग जितेमा फ्रान्सिस्को गेंटोले जितेको ६ च्याम्पियन्स लिगको किर्तिमानको बराबरी गर्ने छन् ।
रोनाल्डोले पोर्चुगलबाट खेल्दै युरोकपमा अहिलेसम्म ९ गोल गरेर मिचेल प्लाटिनीको बराबरी गरेका छन् । यस बर्ष हुने युरो कपमा गोल गरेमा रोनाल्डोले सो किर्तिमान आफ्नो नाममा लेखाउने छन् ।
त्यस्तै रोनाल्डो च्याम्पियन्स लिगमा सर्वाधिक ह्याट्रिकको किर्तिमान आफ्नो नाममा गराउनबाट नजिक रहेका छन् ।रोनाल्डो मेसीसँगै ८-८ ह्याट्रिक गरेर च्याम्पियन्स लिगमा बराबर ह्याट्रिक गरेका छन् ।
त्यस्तै रोनाल्डोले तोड्न नजिक रहेको अर्को ठुलो किर्तिमान अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोलको किर्तिमान हो । पोर्चुगलबाट खेल्दै रोनाल्डोले अहिलेसम्म ९९ अन्तर्राष्ट्रिय गोल गरेका छन् । रोनाल्डो इरानका अली दाइको १०९ गोलको किर्तिमानबाट १० गोल टाढा रहेका छन् । रोनाल्डोले यस बर्ष यो किर्तिमान तोड्न सक्ने अनुमान गरिएको छ ।
त्यस्तै रोनाल्डो यस सिजनमा सिरी ए मा १० गोल गर्दै सर्वाधिक गोलकर्ताको सुचिमा चौथो स्थानमा रहेका छन् । रोनाल्डोले यस सिजनमा सर्वाधिक गोल गरेमा उनले स्पेन, इङल्याण्ड र इटालीमा सर्वाधिक गोल गर्ने नयाँ किर्तिमान बनाउने छन् ।