लामो समयसम्म कसरी बाँच्ने भन्ने विषयमा सुझाव दिइरहेका चीनका एक व्यक्तिको स्टेजमै मृत्यु भएको छ।
ग्वाङडोङस्थित चिनियाँ स्वास्थ्य कम्पनी जोङी हेल्थ एन्ड टेक्नोलोजी कम्पनीका संस्थापक ६५ वर्षीय चेन पिवी कम्पनीको एक कार्यक्रममा स्वास्थ्य सुझावहरु दिइरहेका थिए।
उनले कसरी स्वस्थ हुने र लामो समयसम्म कसरी बाँच्ने भन्ने विषयमा उपस्थित मानिसहरुलाई सुझाव दिइरहेका थिए।
तर बोल्ने क्रममा उनको स्टेजमै लडेर मृत्यु भएको हो। उक्त घटनाको भिडियो सार्वजनिक भएको छ।