गुड न्युज छैठौ दिन सय करोड क्लबमा प्रवेश गर्यो

बलिवुडमा शुक्रबार रिलिज भएको मल्टिस्टारर फिल्म गुड न्युज सय करोड क्लबमा प्रवेश गरेको छ ।

२०१९ मा रिलिज भएको अन्तिम फिल्म गुड न्युजलाई दर्शकले राम्रो साथ दिएका छन् । फिल्मले बुधबार भारतीय बक्स अफिसमा २२ करोड ५० लाख कमाई गर्दै अहिलेसम्म ११७ करोड १० लाख कमाई गरेको छ ।



गुड न्युजले पहिलो दिन १७ करोड ५६ लाख कमाई गरेको थियो भने दोस्रो दिन शनिबार २१ करोड ७८ लाख कमाई गरेको थियो । त्यस्तै रिलिजको तेस्रो दिन आइतबार २६ करोड ६५ लाख कमाई गरेको थियो भने सोमबार १३ करोड ४१ लाख र मंगलबार १६ करोड २० लाख कमाई गरेको थियो ।

गुड न्युजमा अभिनेता अक्षय कुमार, करीना कपुर, दिलजित दोसाझ र कवीर खान फेम अभिनेत्री कियारा आडवाणी प्रमुख भूमिकामा रहेका छन् ।

योसँगै अभिनेता अक्षयकुमारका यस बर्ष रिलिज भएका चारै फिल्मले सय करोडभन्दा बढीको कमाइ गरेका छन् । अक्षयको यस बर्ष रिलिज भएको पहिलो फिल्म केशरीले बक्स अफिसमा कुल १५३ करोड कमाई गरेको थियो भने दोस्रो फिल्म मिशन मंगलले अक्षय कुमारको क्यारियरमै पहिलो पटक २ सय करोड १६ लाख कमाई गरेको थियो । त्यस्तै उनको यस बर्ष रिलिज भएको तेस्रो फिल्म हाउसफुल-४ ले २०६ करोड कमाई गरेको थियो ।

सम्बन्धित समाचार