एक्सन स्टार विराज भट्ट अभिनित सिनेमा ‘साङ्लो’को ट्रेलर रिलिज गरिएको छ । एक्सन प्रधान सिनेमाबाट विराजले निर्देशनमा पनि डेब्यु गरेका छन् ।
कमेडी, रोमान्स, प्रेम र एक्सनले भरपुर ट्रेलर पूर्ण रुपमा मनोरंजनमा ढालिएको छ । ट्रेलर हेर्दा चेलीबेटी अपहरणको कथा अनुमान गर्न सकिन्छ । तर, मूल कथा सस्पेन्स राखिएको छ । विराज पूर्णत आफु लोकप्रिय एक्सन अवतार मै प्रस्तुत भएका छन् ।
सिनेमामा उनले ‘मिस नेपाल – २०१७’ निकिता चाण्डकसँग जोडी बाँधेका छन् । निकिताको यो डेब्यु सिनेमा हो ।
सिनेमामा विराज र निकितासँगै जयनन्द लामा, कामेश्वर चौरसिया, प्रकाश शाह, आरपी पन्त, लय संग्रौला, अमित गिरी, शिशिर भण्डारी, रमेश सोडारी, भिष्म जोशी लगायतका कलाकारको अभिनय छ ।
शिवम अधिकारीको लेखनमा निर्मित सिनेमामा सुरेश अधिकारीरराजनराज सिवाकोटीको संगीत, श्री श्रेष्ठको एक्सन, मानकृष्ण महर्जनको छायांकन, अर्जुन जिसीको सम्पादन र कविराज गहतराजररामजी लामिछानेको कोरियोग्राफी छ ।
माघ २४ गतेबाट अलनेपाल रिलिज हुने सिनेमालाई विराज स्वयम्ले निर्माणसमेत गरेका हुन् । लामो समयपछि कमब्याक गरेका विराजलाई पर्दामा हेर्न दर्शक व्यग्र पर्खाइमा छन् ।
सिनेमाको सार्वजनिक गीत ‘चरीले काफल टिप्यो’लाई दर्शकले रुचाएका छन् । झन्डै चार वर्ष अगाडी रिलिज भएको ‘जय परशुराम’ पश्चात विराज नेपाली पर्दामा देखिएका थिएनन् ।