‘कामना अवार्ड’मा विपिन र नम्रता उत्कृष्ट अभिनेता–अभिनेत्री

सिजी इन्टरटेनमेन्टसँगको सहकार्यमा कामना मासिकले प्रत्येक वर्ष आयोजना गर्दै आएको ‘सिजी कामना फिल्म अवार्ड’को पाँचौ संस्करणमा ‘प्रसाद’ले उत्कृष्ट फिल्मसहित पाँच अवार्ड प्राप्त गरेको छ।

‘प्रसाद’का लागि सुशिल पौडेलले उत्कृष्ट पटकथा, विपिन कार्कीले उत्कृष्ट अभिनेता, नम्रता श्रेष्ठले उत्कृष्ट अभिनेत्री र दिनेश राउतले उत्कृष्ट निर्देशनको अवार्ड जितेका हुन्।



कार्यक्रममा स्वस्तिमा खड्काले पब्लिक च्वाईस अवार्ड पाउँदा फिल्म ‘साइँली’बाट दयाहाङ राईले सह–अभिनेताको अवार्ड प्राप्त गरे। त्यस्तै, फिल्म ‘नाईं नभन्नू ल ५’ बाट सह–अभिनेत्रीको अवार्ड प्रियंका कार्कीले प्राप्त गर्दा ‘बोबी’ बाट उमेश थापा नव–अभिनेता र ‘ए मेरो हजुर ३’ बाट सुहाना थापाले नव–अभिनेत्रीको अवार्ड प्राप्त गरे।

कामना अवार्ड समारोहमा ‘पुस्करलाल मिडिया अवार्ड’ बाट आर। के मानन्धरलाई सम्मानित गरिएको थियो भने कलाकार नीर शाह र प्राविधिक सन्तु तामाङलाई नगद एक–एक लाखसहित ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिएको थियो। त्यस्तै, ‘क्रिटिक्स अवार्ड थिएटर’ विधामा श्रृजना सुब्बा, क्रिटिक्स अवार्ड फेसनमा ज्ञानीशोभा तुलाधर, क्रिटिक्स अवार्ड संगीतमा न्ह्यू बज्रचार्यले अवार्ड प्राप्त गर्दा ‘जुरी अवार्ड’ फिल्म ‘हरि’ले प्राप्त गर्यो।

शनिबार साँझ ललितपुर सानेपास्थित हेरिटेज गार्डेनमा आयोजना भएको अवार्ड समारोहमा फिल्मकर्मीहरु बाक्लो उपस्थिति रहेको थियो। अभिनेता राजेश हमालले उद्घोषण गरेपछि सुरु भएको अवार्ड समारोहमा भुवन केसी, नीर शाह, करिश्मा मानन्धर, शम्भुजित बास्कोटा, कृष्ण मल्ल, हरिहर शर्मा, मिथिला शर्मा, गौरी मल्ल, रमेश उप्रेती, धिरेन शाक्य, दीपाश्री निरौला, आकाश अधिकारी, निर्मल शर्मा, कुन्ति मोक्तान, पूजा शर्मा, पल शाह, सेड्रिना शर्मा, लगायत उपस्थित भएका थिए।

कार्यक्रममा विभिन्न कलाकाहरुले आफ्नो प्रस्तुति पनि दिएका थिए।

विजेताको सूचीः
लाईफटाईम एचिभमेन्ट अवार्ड कलाः नीर शाह
लाईफटाईम एचिभमेन्ट अवार्ड प्राविधिकः सन्तु तामाङ
उत्कृष्ट फिल्म : प्रसाद
उत्कृष्ट निर्देशकः दिनेश राउत (प्रसाद)
उत्कृष्ट अभिनेताः विपिन कार्की (प्रसाद)
उत्कृष्ट अभिनेत्रीः नम्रता श्रेष्ठ (प्रसाद)
कामना पब्लिक च्वाईस अवार्डः स्वस्तिमा खड्का
उत्कृष्ट सह–अभिनेताः दयाहाङ राई (साइँली)
उत्कृष्ट सह–अभिनेत्रीः प्रियंका कार्की (नाईं नभन्नू ल ५)
उत्कृष्ट नव–अभिनेताः उमेश थापा (बोबी)
उत्कृष्ट नव–अभिनेत्रीः सुहाना थापा (ए मेरो हजुर ३)
सिजी क्रिटिक्स अवार्ड थिएटरः सिर्जना सुब्बा
सिजी क्रिटिक्स अवार्ड फेशनः ज्ञानी शोभा तुलाधार
सिजी क्रिटिक्स अवार्ड संगीतः न्ह्यु बज्राचार्य
कामना जुरी अवार्डः हरी
उत्कृष्ट कथाकारः खगेन्द्र लामिछाने (डमरुको डण्डीबियो)
उत्कृष्ट डेब्यू निर्देशकः छेतेन गुरुङ (डमरुको डण्डीबियो)
उत्कृष्ट खलपात्रः प्रमोद अग्रहरी (कथा काठमाण्डु)
उत्कृष्ट सम्पादकः निमेष श्रेष्ठ (डमरुको डण्डीबियो)
उत्कृष्ट पटकथाः शुशिल पौडेल (प्रसाद)
उत्कृष्ट संवादः दीपकराज गिरी (छक्का पञ्जा ३)
उत्कृष्ट हाँस्य कलाकारः केदार घिमिरे (छक्का पञ्जा ३)
उत्कृष्ट बाल कलाकारः सेड्रिना शर्मा (नाईं नभनू ल ५)
उत्कृष्ट कोरियोग्राफरः कविराज गहतराज (छक्का पञ्जा ३)
उत्कृष्ट द्वन्द्व निर्देशकः शुक्रराज शाह (भिलेन)
उत्कृष्ट पाश्र्व संगीतः एलिश कार्की (डमरुको डण्डीबियो)
उत्कृष्ट संगीतकारः बसन्त सापकोटा (नाई नभनु ल ५)
उत्कृष्ट गीतकारः दिनेश थपलिया (तिम्रो आँखामा ९नाईं नभन्नू ल ५)
उत्कृष्ट पाश्र्व गायकः हेमन्त राना मगर (साइँली)
उत्कृष्ट पाश्र्व गायिकाः अञ्जु पन्त (सँगसँगै बाँध मायाले)
उत्कृष्ट सिनेमाटोग्राफरः पुरुषोत्तम प्रधान (नाईं नभन्नू ल ५)
उत्कृष्ट ध्वनी मिश्रणः सुनयमान श्रेष्ठ (छक्का पञ्जा ३)
उत्कृष्ट श्रङ्गारः श्याम लामा (चक्कर)

सम्बन्धित समाचार