इरानले इराकस्थित अमेरिकी सेनाको बेस क्याम्पमा रकेट आक्रमण गरेपछि पेन्टागनले हाल आक्रमणले पुर्याएको क्षतिको मूल्याकंन गरिरहेको ।अघिल्लो हप्ता अमेरिकी ड्रोन आक्रमणमा शीर्ष इरानी कमाण्डरको मृत्युको बदलामा इरानले मिसाइल आक्रमण गरेका हो । इरानको आक्रमणपछि अमेरिका र इरानबीच युद्ध भड्किने सम्भावन बढेर गएको छ ।
मंगलवारको मिसाइल आक्रमणको जिम्मा इरान आफैले लिएको छ । यस अघिका मिसाइल आक्रमणको जिम्मेबारी इरान पक्षधर मिलिसिया समूहले लिने गर्थे ।
अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले आक्रमणको पुष्टि गर्दै आक्रमणमा ब्यालेष्टिक मिसाइल प्रयोग गरिएको र ती इराकभित्रैबाट प्रहार गरिएको जानकारी दिएको छ । आक्रमणमा परेका दुईमध्ये एक हवाई आधारमा विगतमा डोनाल्ड ट्रम्पले भ्रमण गरेका थिए ।
पेन्टागनले हाल आफूहरुले आक्रमणले पु-याएको क्षतिको मूल्याकंन गरिरहेको बताएको छ । मुल्यांकनपछि अमेरिकी कर्मचारी र त्यस क्षेत्रका सम्पूर्ण मित्रहरुको ‘प्रतिरक्षा र सुरक्षाको लागि सम्पूर्ण अत्यावश्यक कदम उठाउने’ पेन्टागनले बताएको छ ।
यसअघि ट्रम्पले सुलेमानीको हत्याको बदलामा इरानले आक्रमण गरेमा इरानमाथि जवाफी प्रहार गर्ने वाचा गरेका थिए ।