नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ पुष ।
अष्ट्रेलियामा बिग ब्याश लिग (बीबीएल) क्रिकेट खेलिरहेका नेपालका स्टार क्रिकेटर सन्दिप लामिछानेले आफ्नो जुत्ता नेपाल भ्रमण बर्ष २०२० लेखेर प्रचार गरेपछि अहिले त्यसको चर्चा चलेको छ । सन्दिपले अष्ट्रेलियामा भइरहेको आगलागीमा परेकाहरुको सम्झनामा एउटा जुत्तामा ‘बुस फायर हिरोज’ लेखेका छन् भने अर्को जुत्तामा नेपाल भ्रमण वर्ष २०२० को पनि प्रचार गरेका छन् ।
सन्दीप लामिछानेले अष्ट्रेलिया आगलागीको लागि सहयोग र आफ्नो देश नेपालको भ्रमण वर्षको अभियानमा समर्थन गरेको सन्दीप आबद्ध मेलबर्न स्टार्स क्लबले ट्वीटमा जनाएको छ ।
केही दिनअघि अस्ट्रेलियामा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई भिजिट नेपाल २०२०को प्रचारका क्रममा विवादित बनेका थिए।