सुपरस्टार अक्षयविरुद्ध प्रहरीमा उजुरी

बलिउडका सुपरस्टार अभिनेता अक्षयकुमारविरुद्ध प्रहरीमा उजुरी परेको छ । आफूले खेलेको पछिल्लो विज्ञापनका कारण उनीविरुद्ध मुम्बइको बरली प्रहरी चौकीमा उजुरी दर्ता भएको हो।

अक्षयले हालै एक लुगाधुने पाउडर (डिटरजेन्ट)को विज्ञापनमा अभिनय गरेका थिए। भारतीय सञ्चारमाध्यमहरूले जनाए अनुसार विज्ञापनमा देखाइएका बस्तु र चीजले मराठी समूदायको भावना र सम्मानमा चोट पुर्‍याएको उजुरीमा उल्लेख गरिएको छ ।



यो विज्ञापनलाई सामाजिक सञ्जालमा पोस्ट गर्दै सर्वसाधरणहरूले यो ब्राण्डको पाउडर बहिष्कार गर्न समेत आग्रह गरेका छन्। तर यस सम्बन्धमा अभिनेता अक्षयले भने अहिलेसम्म कुनै प्रतिक्रिया जनाएका छैनन्।

सम्बन्धित समाचार