इरानद्वारा छोटो दूरीका सोह्र ब्यालेस्टिक मिसाइल प्रक्षेपण

इरानले मंगलबार तीन स्थानबाट १६ वटा छोटो दूरीको व्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको अमेरिकी रक्षामन्त्री मार्क एस्पेरले बताएका छन् । बुधवार पत्रकारलाई रक्षामन्त्री एस्परले १६ वटा मिसाइलहरु मध्ये ११ आएन अल असद हवाई शिवीरमा र अर्को इर्बिलनजिकैको शिवीरमा प्रक्षेपण गरिएको यस प्रक्षेपणबाट त्रिपाल, ट्याक्सीवे, पार्किंङ्ग स्थल र एक हेलिकप्टर क्षतिग्रस्त भएको बताएका हुन् ।

इराकस्थित अमेरिकी सैन्य आधार शिविरहरूमा इरानले गरेको क्षेप्यास्त्र आक्रमणपछि पनि अमेरिकी सेनातर्फ कुनै क्षति हुन नपाएको जानकारी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएरातिको सम्बोधनमार्फत दिएको केही समयपछि इरानले यो क्षेप्यास्त्र हानेको छ ।



अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले मंगलबार इरानले इराकमा संयुक्त गठबन्धन सेनाको कम्तीमा दुईवटा सैन्य शिवीरमा एक दर्जन भन्दा बढी ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको पुष्टि गरेको छ ।

सम्बन्धित समाचार