

अत्यधिक बर्षाका कारण अङ्गोलामा यस हप्ताको सुरुमा ४१ जनाको मृत्यु भएको छ । गृहमन्त्री एगेनीयो केसर लबोरिन्होले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो समयमा आएको अत्यधिक वर्षापछि भएका घटनाहरूमा परी उनीहरुको मृत्यु भएको हो ।
राष्ट्रिय नागरिक संरक्षण आयोगको पहिलो बैठकपछि पत्रकारहरूसँग बोल्दै उनले अत्यधिक वर्षापछिका विभिन्न घटनाका कारण अरु धेरै जना प्रभावित भएको जानकारी र्दिए । वर्षासँगै आएको बाढीले घरहरूसँगै विभिन्न भौतिक संरचनाहरुमा क्षति पुर्याएको छ भने, कृषिजन्य उत्पादन समेत नष्ट गरिदिएको छ ।
वर्षाका कारण विद्युत सेवा, खानेपानी वितरण प्रणाली, सडक सञ्जाललगायत अवद्ध भएका छन् । यसले आर्थिक बृद्धिद्धरमा समेत असर पारेको गृह मन्त्री केसरले बर्ताए । मन्त्री केसरका अनुसार बाढीले देशको राजधानी लुआन्दा, विए, बेङगुएला, हुआम्बो, कुअन्जा नोर्ट, कुअन्जा सुल, लुन्डा सुल र नोर्ट, मलङ्गे, नामिब, उइगे र जाइरलगायतका क्षेत्र बढी प्रभावित भएका छन् ।
देशभर २५ सय परिवार बाढीबाट प्रभावित भएको सरकारी विवरणमा उल्लेख गरिएको छ । त्यसैगरी ३७८ घर क्षतिग्रस्त भएको, ९७५ घर जलमग्न भएको, १२ चर्च भत्किएको र ४ ओटा पुल पनि क्षतिग्रस्त भएको सरकारी विवरण छ ।
