निर्माला घिसिङको ‘दरबन्दी’ सार्वजनिक (भिडियोसहित)

गायिका निर्माला घिसिङको ‘दरबन्दी’ बोलको गीत सार्वजनिक भएको छ । सुसन लामाको शब्द र संगीतमा रहेको यस गीतमा गायिका स्वयमको अभिनय देख्न सकिन्छ । गीतमा अजय स्यान्तनले दृश्य निर्देशन गरेका छन् । करिब एक दशकको व्यवसायिक संगीतिक यात्रामा पहिलो पटक गायिका स्वयम् म्युजिक भिडियोमा देखिएकाले पनि यो गीत दर्शकका लागि नयाँ स्वाद र चासोका रुपमा रहला ।

जनवादी गायिकाका रुपमा परिचय बनाएका गायिका घिसिङ पछिल्लो समय व्यवसायिक संगितिक क्षेत्रमा पनि जम्दै आएकी छिन् । चर्चित रियालिटी सो भ्वाइस अफ नेपालको प्रतिस्पर्धीमा नकआउट चरणसम्म पुगेकी उनले नेपाली तथा तामाङ गरी दर्जनौं गीतहरुमा स्वर भरेकी छिन् । तामाङ चलचित्रको पर्शव गीतहरुमा समेत गायिका घिसिङको स्वरलाई सुन्न सकिन्छ ।



उनको ‘आजभोली मन हुन्छ चङ्गा’, ‘होइ च्याङ्बा’, ‘शिरिरी चल्यो हावा’, ‘कसले बनायो दाजै उडी जाने बस’ ल ‘सुखाइ गाङसाल लाला माया’, ‘चु सेम’, ‘आमाला ङा जामे रानी’, ‘खाइ तिला ताजी’ लगायतका गीतहरुले दर्शक स्रोताको मनमा जितेका थिए ।

 

सम्बन्धित समाचार