

बेलायती महारानी एलिजाबेथ द्वितिय र उनका नाति राजकुरमा ह्यारीबीच आज (सोमवार) प्रत्यक्ष वार्ता हुँदैछ । महारानी एलिजाबेथले नाति ह्यारीलाई सोमवार प्रत्यक्ष वार्ताका लागि उपस्थित हुन आदेश दिएकी थिइन् ।
महारानीसँगको वार्तामा राजकुमार ह्यारी र उनकी पत्नी मेगन मर्केलको भावी भूमिकाका सम्बन्धमा छलफल हुने बेलायती सञ्चारमाध्यमहरुले जनाएका छन् ।
वार्तामा ह्यारीका पिता राजकुमार चार्ल्स तथा दाइ राकजुमार विललियम पनि उपस्थित रहने बेलायती राजरबारका अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । सोमवार हुने छलफलबाट कुनै निष्कर्ष निस्कने सम्भावना भने नरहेको बताइएको छ ।
राजकुरमा ह्यारी र उनकी पत्नि मेगनले आफूहरु बेलायती राजपरिवारको वरिष्ठ सदस्याबाट हट्ने घोषणा गरेका थिए । बुधवार यस्तो घोषणा गर्दै उनीहरुले आगामी दिनमा जीवन निर्वाहका लागि काम गर्नेसमेत जनाएका थिए ।
ह्यारीले राजपरिवारसँग कुनै सल्लाह नगरी वक्तव्य जारी गरेपछि महारानी र शाही परिवारले दुस्ख व्यक्त गरेको समाचारहरु सार्वजनिक भएका थिए ।
