‘प्रेम गीत ३’को छायांकन मनाङमा, हिउँले बाटो छेकेपछि हेलिकप्टरमार्फत कलाकार ल्याइयो

चलचित्र ‘प्रेम गीत ३’ छायांकन मनाङमा भैरहेको छ । १ सय भन्दा धेरैको संख्यामा मनाङमा रहेको प्रेम गीत टिम अबको एक हप्तामा छायांकन सकेर काठमाडौं फर्किनेछ । अहिले चलचित्रको अन्तिम भागको छायांकन धमाधम भैरहेको छ । हिउँले बाटो छेकेपछि काठमाडौंदेखि हेलिकप्टरमार्फत केहि कलाकारलाई मनाङ ल्याइएको छ ।

हिउँले आवतजावतमा समस्या आएपछि  चलचित्रका मुख्य कलाकार शिव श्रेष्ठ, कोरियोग्राफर कविराज गहतराज, बालकलाकार अनुभव रेग्मी , सुजल बस्नेत लगायतलाई हेलिकप्टरमार्फत मनाङमा ल्याइएको हो । साथै, सोहि हेलिकप्टरमार्फत चलचित्रका अग्रज कलाकार सुनिल थापालगायत छायांकन सकेर काठमाडौं फर्किएका छन् ।



आगामी चैत २८ गतेदेखि नेपालभर प्रदर्शन हुने यो चलचित्रलाई सन्तोष शेन र छेतेन गुरुङले निर्देशन गरिरहेका छन् ।

सम्बन्धित समाचार