छपाकको भन्दा तानाजीको तीन गुणा बढी कमाई !

गत शुक्रबार बलिवुडमा रिलिज भएका दुई फिल्मले भारतीय बक्स अफिसमा शानदार कमाई गरेका छन् ।

शुक्रबार अजय देवगनको फिल्म तानाजी र दीपिका पादुकोणको फिल्म छपाक रिलिज भएको थियो ।



अजयको तानाजीले बक्स अफिसमा शानदार कमाई गरेको छ । तीन दिनमा तनाजीले ६१ करोड ७५ लाख कमाई गरेको बलिवुड फिल्म विश्लेषक तरण आदर्शले जानकारी दिएका छन् । तानाजीले पहिलो दिन १५ करोड १० लाख, दोस्रो दिन २० करोड ५७ लाख र आइतबार २६ करोड ८ लाख कमाई गरेको थियो ।

त्यस्तै एसिड आक्रमणको वास्तविक कथामा आधारित फिल्म छपाक ले पनि विस्तारै राम्रो कमाई गरिरहेको छ । तर तानाजीको तुलनामा भने निकै पछाडी रहेको छ । छपाकले तीन दिनमा कुल १९ करोड २ लाख कमाई गरेको छ । पहिलो दिन ४ करोड ७७ लाख कमाई गरेको छपाकले दोस्रो दिन ६ करोड ९० लाख कमाएको थियो । त्यस्तै आइतबार ७ करोड ३५ लाख कमाई गरेको छ ।

अजयको तानाजीले महाराष्ट«मा राम्रो कमाई गरेकाले दर्शकको उत्साहजनक उपस्थितिले छपाक ओझेलमा परेको फिल्म विश्लेषकहरुले बताएका छन् ।

सम्बन्धित समाचार