फिल्म जोकरले पायो ओस्कारमा ११ विधामा मनोनयन

यस बर्षको ओस्कार अवार्डको अन्तिम मनोनयन सार्वजनिक भएको छ । सार्वजनिक मनोनयनमा फिल्म जोकरले ११ विधामा मनोनयन पाएको छ ।

फिल्म जोकरलाई बेस्ट फिल्म, बेस्ट निर्देशक, बेस्ट अभिनेता,सहित अन्य आठ विधामा मनोनयन पाएको छ ।



त्यस्तै द आइरिशम्यान, १९१७ र वान्स अपन अ टाइम अँ हलिवुडले १०-१० मनोनयन पाएको छ ।

जोकरलाई पछिल्लो साता मात्र ब्रिटिश एकेडेमी फिल्म्स अवार्ड्समा ११ विधामा मनोनयन पाएको थियो ।

ओस्कारमा बेस्ट फिल्म विधामा जोकरसहित द आइरिसम्यान, १९१७ र वान्स अपन अ टाइम इन हलिवुड, फोर्ड भर्सेस फेरारी, जोजो रेबिट, लिटिल वुमन, म्यारिज स्टोरी र दक्षिण कोरियाली फिल्म प्यारासाइटले मनोनयन पाएका छन् ।

त्यस्तै बेस्ट अभिनेताका लागि जोकरका जोआक्यून फोनिक्स, म्यारिज स्टोरीका एडम ड्राइभर, वान्स अपन अ टाइम इन हलिवुडका लागि लियोनार्दो डि केप्रियो, पेन एण्ड ग्लोरीकाल आगी एन्टोनियो बेन्डेरस र द टु पोप्सकाल अगी जोनाथन प्राइस मनोनयनमा परेका छन् ।

त्यस्तै बेस्ट अभिनेत्रीको मनोनयनमा हारियटबाट सिन्थिया एरिभो, म्यारिज स्टोरीबाट स्कार्लेट जोहान्सो, लिटल वुमनबाट साओइरसे रोनान, बम्बसेलबाट चार्लिज थेरोन र जुडीबाट रेनी जेलवेगनर परेका छन् ।

त्यस्तै चर्चित अभिनेता ब्राड पिटले वान्स अपन अ टाइम इन हलिवुडबाट सपोर्टिंग अभिनेताको मनोनयनमा परेका छन् ।

त्यस्तै बेस्ट निर्देशनको मनोनयनमा द आइरिसम्यानबाट मार्टिन स्कोरसे, जोकरबाट टोड फिलिप्स, १९१७ बाट साम मेण्डेज, वान्स अपन अ टाइम इन हलिवुडबाट क्वेटिन टारान्टिनो र परासाइटबाट बोंग जून हो परेका छन् ।

मनोनयनको पुरा सुची यस लिंकमा

सम्बन्धित समाचार