‘मिस अस्ट्रेलिया’को नेपालमोह, छोरीको नाम राखिन् ‘माया’ !

गत बुधबार अस्ट्रेलियाको संघीय संसद् भवन सिड्नीमा आयोजित पर्यटनमन्त्रीसहितको रात्रिभोजमा उद्घोषकले एक चर्चित महिलाको नाम लिए । त्यसलगत्तै, टेलिभिजनको पर्दामा मात्र देखिने ती महिला मञ्चमा आइन् । नेपाल भ्रमणको आफ्नो अनुभव सुनाइन् ।

हँसिलो मुद्रा अनि हाउभाउसाथ नेपालको प्राकृतिक सौन्दर्यको बयान गरिन् । उनी हुन्– मिस अस्ट्रेलिया २००७ को उपाधि विजेता क्यारोलिन पेम्पर्टन ।



१९ वर्षको उमेरमै उनी नेपाल आइन् । त्यही बेला उनले सगरमाथा आरोहण गरेकी थिइन् ।

पर्यटनमन्त्री योगेश भट्टराईसहित कूटनीतिक नियोगका प्रतिनिधि, नेता तथा नेपालीकोे उपस्थितिले हल खचाखच भरिएको थियो । क्यारोलिन बोल्दा ताली बर्सिरह्यो ।

उनले सगरमाथा आरोहणको साथै काठमाडौं, पशुपति, चितवन र पोखराका दृश्य देखाएकी थिइन् । नेपालको बखान गर्न पाउँदा उनी यति उत्साही थिइन् कि हरेक प्रस्तुति दिँदा उनी पुलकित देखिन्थिन् ।

उनले भनिन्–नेपाल र नेपालीप्रति यति प्रभावित छु कि नेपाललाई कहिल्यै पनि बिर्सन सक्दिनँ । त्यसैले, मेरी छोरीको बीचको नाम पनि नेपालीमै राखेको छु– ‘माया’।

१९ वर्षकै उमेरमा नेपालको सगरमाथा चढेर विश्वलाई पहिलोपटक नियाल्न पाएको उनले सुनाइन्र् । त्यसैले म आज धेरै खुसी छु , मैले कम उमेरमै विश्वको सर्वोच्व शिखर सगरमाथा चढेँ र, विश्वभरको यात्रा गरेँ,’ उनले भनिन् ।

स्थानीय शेर्पाहरुप्रति उनको अगाध स्नेह बढ्यो, जसले सगरमाथा आरोहणका क्रममा सहयोगी भूमिका निर्वाह गरेको थिए । ’उनीहरु साह्रै मायालु थिए, क्षमतावान थिए । बेस क्याम्पमाथिको माइनस २० डिग्री तापक्रममा पनि उनीहरुले मलाई न्यानो राख्न आफ्नो तातोपानी भएको बोतल मेरो स्लीपिङ ब्यागमा राखिदिन्थे। त्यत्रो उचाईमा पानी तताउन घन्टौं लाग्थ्यो,’ उनले सम्झिइन् ।

नेपाली शेर्पाहरुको उदारता देखेर उनले शेर्पाहरुलाई सहयोग गर्ने सोच बनाइन् । उनलाई यति हिम्मत आयो कि अब विश्वलाई परिवर्तन गर्नेछु र मैले धेरै रकम जम्मा पार्नेछु । उनी भन्छिन् ‘म युवा अवस्थामा थिए र, मलाई लाग्यो यो सुन्न जति सजिलो गर्न पनि त्यति नै सहज छ ।’

नेपाल भ्रमण गरी उनी अस्ट्रेलिया फर्किइन् । घर फर्केपछि पनि उनले नेपाली शेर्पाहरुको उदारता बिर्सएकी थिइनन् । उनी भन्छिन् ‘शेर्पाहरुको सहयोगका लागि चकलेट बेच्थेँ । मैले केबल २ देखि ३ सय डलरसम्म जम्मा गरे पनि मलाई लाग्थ्यो– मेरो उद्देश्य पूरा गर्न पर्याप्त छैन भनेर । पछिल्ला १० वर्षमा हामीले च्यारिटीका लागि एक करोड डलर जम्मा गरेका छौं ।’

नेपाल र विश्वको सर्वोच्च शिखर सगरमाथाको यात्रा नगरेको भए आफ्नो जीवन उधुरो रहने उनको धारणा छ ।‘एकपटक नेपाल भ्रमण गर्नुहोस्, जीवनको आनन्द लिनुहोस्,’ उनले सुझाइन् ।

कार्यक्रममा सगरमाथा आरोहणको आफ्नो अनुभव यसरी उनले सुनाइन्– मैले १९ वर्षकै उमेरमा दाजु रेक्सको सहयोगमा सगरमाथा चढेँ । रेक्सले त्यतिखेर २१ वर्षको उमेरमा सगरमाथा आरोहण गरेका थिए । हुनसक्छ रेक्स कम उमेरमै सगरमाथा आरोहण गर्ने पहिलो अस्ट्रयाली नागरिक हुन्।

क्यारोलिनका अनुसार सपनाको शक्तिको बारेमा मलाई ज्ञान दिने पहिलो व्यक्ति दाजु थिए । उनले १८ वर्षकै उमेरमा आफ्नो परिवारलाई विश्वको सर्वोच्व शिखर सगरमाथा आरोहण गर्ने सबैभन्दा कान्छो मानिस हुन चाहिरहेको बताएका थिए । सगमाथा आरोहण गर्नु डरलाग्दो नभएको रेक्सको थियोे ।

क्यारोलिनको परिवारले उनको सगरमाथा आरोहणलाई रमाइलो यात्राको रुपमा लिए । कसरी पूरा गर्ने भन्ने जान्न चाहेको थिए । परिवारको कुनै पनि सदस्यले उनको विचारप्रति नकारात्मक धारणा बनाएका थिएनन् ।

क्यारोलिन भन्छिन्–मेरो परिवारले सहयोग गर्नका लागि पैसा नभएको बताएका थिए, मेरो दाजुले सगरमाथा आरोहण गर्न चाहेमा आफैंले पैसा जम्मा गर्नुपर्ने सुझाएका थिए ।

रेक्स पैसा संकलन तथा प्रायोजक खोज्नेजस्ता कुराबारे ज्ञान हासिल गर्न सफल भए । उनी १९ वर्षकै उमेरमा एक लाख डलर संकलन गर्न सफल भए ।

क्यारोलिनका अनुसार शिखरमा मात्र उभिनु ठूलो कुरा थिएन । उनको उद्देश्य चढेको हिमाललाई हेर्नु मात्र थिएन, उनले अन्य हिमाल पनि हेरिन्, तर, सबै चढिनन् ।

उनले केवल पूरा गरेको सपनालाई मात्र हेरिरहेको थिइनन् । अन्य उद्देश्य पनि हेरिरहेको थिइन् ।

नेपाल र विश्वको सर्वोच्च शिखर सगरमाथाको यात्रा नगरेको भए आफ्नो जीवन उधुरो रहने उनको धारणा छ ।‘एकपटक नेपाल भ्रमण गर्नुहोस्, जीवनको आनन्द लिनुहोस्,’ उनले सुझाइन् ।

सम्बन्धित समाचार