स्पेनिस ला लिगा क्लब बार्सिलोनाले आफ्ना प्रशिक्षक इर्नेष्टो भालभेर्डेलाई बर्खास्त गरेको छ । बार्सिलोनाले भालभेर्डेसँगको सम्झौता तोड्दै उनलाई क्लबको प्रशिक्षकबाट हटाएको जनाएको छ । २०१७ मे मा बार्सिलोनाको प्रशिक्षक बनेका भालभेर्डोलाई बार्सिलोनाको अघिल्लो साता सुपरकप सेमिफाइनलमा एटलेटिकोसँग अप्रत्याशित हारपछि क्लबले एक्सन लिदै हटाएको छ ।
उनले बार्सिलोनाका लागि अहिलेसम्म १४५ खेलमा प्रशिक्षकको भूमिका निभाएका छन् । जसमा ९७ जित ३२ बराबरी र १६ हार बेहोरेका छन् । बार्सिलोनासँग उनले दुई सिजन ला लिगा, एक कोपा डेल रे र २०१८ को सुपर कप जितेका थिए ।
बार्सिलोनाले भालभेर्डेलाई हटाएर उनको ठाउमा क्यूइक्यू सेटीएनलाई नयाँ प्रशिक्षक नियुक्त गरेको छ । बार्सिलोनाका पुर्व खेलाडी जाभीलाई कोच बनाउने हल्लाका बीच बार्सिलोनाले रियल बेटिसका पुर्व कोचलाई ल्याएको छ । उनलाई २०२२ को अन्त्यसम्मका लागि बार्सिलोनाको कोच बनाइएको छ ।
६१ बर्षिय सेटीएनले लास पलमाज र रियल बेटिस क्लबको कोचको रुपमा निकै सफल भएका थिए ।