‘आमाको आंचल, आमाको आंचल नै हुन्छ ’-अमिताभ बच्चन

बलिउडका बिग बि अमिताभ बच्चनले हालै गरेको एक पोष्टले सामाजिक सञ्जाल तताएको छ । यो पोष्टमा उनी आफ्नो आमालाई सम्झेर भावुक भएको महसुस गर्न सकिन्छ ।

‘देब्रे आँखा फरफराएको छ, सानोमा सुनेको थिए यो अशुभ संकेत हो,’ उनले लेखेका छन् । ‘डाक्टरकोमा पुगेका बिग बिलाई आँखाभित्र एक कालो दाग छ । केही असर भने हुँदैन । बढ्दो उमेरको कारण हो । सानोमा जसरी आमाले आफ्नो सारीले मुखमा फु गर्दै तातो आँखामा राख्थिन्, यसै गर्नु, ठीक हुन्छ,’ डाक्टरले सल्लाह दिए ।



यसै सन्दर्भमा उनले एक पोष्ट लेखे, ‘आमा त आमा हुन्छिन् । बिजुलीबाट रुमाल तताए र आँखामा राखेँ तर आँखा ठिक भएन, आमाको आंचल, आमाको आंचल नै हुन्छ ।’

सम्बन्धित समाचार